४ जेष्ठ २०८१, शुक्रबार

मोरङमा अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ

प्रकाशित मिति :  2 September, 2020 1:25 pm


मोरङ,१७ भदौ ।

मोरङको बिराटनगर ४ कञ्चनवारी क्षेत्रबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ कटहरी-२ का २७ बर्षीय अभिसेक राय,२८ बर्षीय रविन शर्मा,२६ बर्षीय किसन साह यसै गरी सप्तरी बोधेबर्साईनका-८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह रहेका छन ।

हिजो पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरि सर्वाजनिक गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईल सेट , १ थान चक्कु,कोटाक महिन्द्रा नामको भारतीय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैयाँ १८ हजार २० र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका उक्त समूहले संगठित रुपमा अपराधिक समूह स्थापना गरेर विराटनगरलाई आपराधिक कार्यको स्थल बनाउदै आएको प्रहरीको भनाई छ । व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङको भनाई छ ।

साथै पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !