४ जेष्ठ २०८१, शुक्रबार

दाङको कोरोना अस्पतालका प्रमुख पीसीआर परीक्षणको विपक्षमा

प्रकाशित मिति :  3 September, 2020 10:08 am


दाङ ,१८ भदौ ।

दाङका बेलझुण्डीमा रहेको कोरोना अस्पतालका प्रमुख डा. सर्वेश शर्मा पीसीआर परीक्षणको विपक्षमा देखिएका छन् ।

केहीदिन अघि समाजिक सञ्जाल सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले पीसीआरको विरोध गरेका हुन् । उनले ‘कोभिड- १९  सम्बन्धमा अलि फरक खालको क्रान्तिकारी विचार आयो कसैले त प्रतिगमनवादी पनि भन्नुहोला तर यसो गरे कसो होला ?’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

डाक्टर शर्माले लकडाउन गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन र निशेधाज्ञा सबै हटाउन पनि सुझाव दिएका छन् । डाक्टर शर्माले भनेका छन्,’धेरै नडराउ किनकी कोरोनाको कारणले मात्र होईन अन्य कारणले पनि मरिन्छ नि ? कोरोनाले भन्दा धेरै मानिस त अहिले दीर्घ रोग र अन्य रोगको उपचार नपाएर मरिरहेका छन्।”

उनले बुँदागत रुपमा राखेको धारणा यस्तो छ:

१-पीसीआर टेस्ट बन्द गरौं किनकी जति धेरै टेस्ट उति धेरै कोरोना, मान्छेहरु खान नपाएर मरिरहेका छन हामी अरबौ रुपैया पीसीआर मा खर्च गरिरहेका छौँ र अझै गर्दैछौँ।

२- आइसोलेसन, कन्ट्याक त्रेसिङ, क्वारेन्टाइन बनाउने, अस्पताल सिल गर्ने काम बन्द गरौं ।

३-ज्वरो आएमा, स्वास्प्रस्वासमा समस्या भएमा वा अन्य लक्षण भएमा मात्र अस्पताल जाऔ र पोजिटिभले पोजिटिभको उपचार गरौं ।

४- लकडाउन गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन र निशेधाज्ञा सबै हटाउ । धेरै हल्ला खल्ला पनि नगरौं, किनकी कोरोनाले भन्दा अरु कारणले धेरै क्षती भैसक्यो, धेरै मान्छे मरिसके र देशको आर्थिक अवस्था धरासायी भैसक्यो । अझै यो क्रम अन्त्य होला जस्तो छैन ।

५- धेरै नडराउ किनकी कोरोनाको कारणले मात्र होईन अन्य कारणले पनि मरिन्छ नि ? कोरोनाले भन्दा धेरै मानिस त अहिले दीर्घ रोग र अन्य रोगको उपचार नपाएर मरिरहेका छन।

६- कोरोना संगै बाच्न सिकौ, आफ्नो सुरक्षा आफैं गरौ। मास्क लगाउ, हात धोऔ, भौतिक दुरि कायम गरौ र सामान्य जीवनशैलीमा फर्किउ।



प्रतिक्रिया दिनुहोस !