८ जेष्ठ २०८१, मंगलबार

चितवनमा निषेधाज्ञा खुकुलाे, १० देखि ४ बजेसम्म पसल खाेल्न पाइने

प्रकाशित मिति :  4 September, 2020 5:12 pm


चितवन, १९ भाद्र । 

चितवनमा ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्बाइएको छ । यस अघि थपिएकाे निशेधज्ञा आज राति १२ बजे सकिंदै गर्दा थप १२ दिनका लागि निषेधाज्ञाकाे समय थपिएकाे जिल्ला प्रशासन कार्यालय चितवनले जनाएकाे छ ।

केही खुकुलाे पार्दै निषेधाज्ञा लम्बाइएकाे हाे । यस अघिकाे निषेधाज्ञाकाे स्परूस परिवर्तन गरि दैनिक उपयाेग्य साम्रगी  तथा निर्माण सामग्रीका  लगायतका पसलहरू बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खाेल्न पाइने भएकाे छ ।

यस समयमा बिजुलीका सामान, भाँडाकुडाका पसल, कपडा पसल, निमार्ण साम्रागी तथा तत सम्बन्धी व्यवसाय समेत सञ्चालन गर्न पाइने भएकाे छ । बाँकी अत्यावश्यक सेवाकाे भने समय ताेकिएकाे छैन ।

 

 

 



प्रतिक्रिया दिनुहोस !