२० बैशाख २०८१, बिहिबार

अमेरिकामा कोरोनाका कारण यो वर्षको अन्त्यसम्म मृतकको संख्या दोब्बर हुनसक्ने

प्रकाशित मिति :  5 September, 2020 7:39 am


काठमाडौं,२० भदौ ।

अमेरिकामा कोरोना भाइरसका कारण यो वर्षको अन्त्यसम्म मृतकको संख्या दोब्बर हुनसक्ने आँकलन गरिएको छ ।

वासिङटन यूनिभर्सिटीको स्वास्थ्य संस्थानको एक अनुमानका अनुसार कोरोना भाइरसका कारण डिसेम्बर सम्म ४ लाख पार गर्न सक्ने छ । पूर्वानुमान अनुसार आउने डिसेम्बरमा अमेरिकामा हरेक दिन तीन हजार भन्दा धेरैको मृत्यु हुन सक्ने छ ।

साचार संस्था रोयटर्सका अनुसार यदि मास्क लगाएको खण्डमा भने मृतकको संख्या ३० प्रतिशत घट्न सक्ने छ तर अमेरिकामा एउटा वर्गले मास्कको विरोध गर्दै आएको छ ।

अहिले अमेरिकामा हरेक दिन औसत ८५० जनाको मृत्यु कोरोनाका कारण भइरहेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित देश हो । अहिलेसम्म ६१ लख८७ हजार भन्दा बढी पुगेको छ भने एक लाख ८७ हजारको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !