१९ बैशाख २०८१, बुधबार

कांग्रेस प्रदेश-५ सभापतिका आकांक्षी अमर पुनसँग गगन थापाको गोप्य भेट

प्रकाशित मिति :  7 September, 2020 10:04 am


काठमाडौं, २२ भदौ ।

नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर आन्तरिक चहलपहल बढीरहेका बेला प्रदेश-५ का सभापतिको आकांक्षी रहेका अमर पुनसँग गोप्य भेटघाट गरेका छन् ।

गगन थापा आवश्यक छलफल गर्न भन्दै पुनकै निवास बुढानीलकण्ठ पुगेका थिए । पुन पौडेल-कोराला पक्षका हुन् । कोराला परिवारका विश्वासपत्र रहेका पुन यसपटक प्रदेश ५ को सभापतिका आकांक्षी छन् । कांग्रेसभित्र किचलो बढ्दै गएका पौडेल पक्षबाट आन्तरिक समिकरणमा सकृय भूमिका खेलेका पुनसँग थापाले भेटेका हुन् ।

पुनले थापासँग भेटभएको स्वीकारे । उनले भने, “होईन पार्टीभित्रको विषयमा समान्य छलफल हो । पहिलेदखि नै भेटौं भन्ने कुरो थियो हिजो समान्य छलफल भएको हो ।”

थापा सिटौला खेमाबाट महामन्त्री उठ्ने तयारीमा छन् । पछिल्लो समय थापाले सकेसम्म सबै खेमासँग छलफल गर्दै नयाँ पुस्ताले पार्टीभित्र हस्तक्षेप गनुपर्ने भन्दै अभियान चलाइरहेका छन् ।

पुनसँगको भेटमा थापाले कांग्रेसको अहिलेको शैलीले पार्टी मात्रै होईन व्यवस्था नै जोखिममा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । थापाले आफूले जुनसुकै नेतृत्वमा उमेद्वारी दिएपनि दोस्रो पुस्ताले पार्टीभित्र हस्तक्षेप गरेर जानुपर्नेमा जोड दिएका थिए ।

पुनले लुम्बिनी सञ्चारसँग भने,“मुख्यकुरा पार्टीको चिन्ता हो । अहिले जसरी पार्टी चलेको छ यसले व्यवस्था नै धरापमा पर्ने भयो भन्ने हाम्रो साझा बुझाई हो । ”

पुन पछिल्लो समय आन्तरिक समिकरणभित्र पौडेल–कोइराला पक्षबाट सकृय रहेका छन् । महाधिवेशनसँगै पार्टीभित्र विवाद जारी रहेका बेला पुन र थापाबीच भेटघाट भएको हो । प्रदेश -५ मा पुनसँगै देवेन्द्र राज कँडेल, भरत साह प्रदेश ५ मा सभापतिका आकांक्षी रहेका छन् । यद्यपी पछिल्लो समय साहले भने प्रदेश भन्दा केन्द्रमै चासो राख्न थालेको उनी निकट स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !