१६ चैत्र २०८०, शुक्रबार

देशभर थप ९०२ जना कोरोना संक्रमित,५ जनाको मृत्यु

प्रकाशित मिति :  8 September, 2020 4:45 pm


काठमाडौं, २३ भदौ । 

देशभर ९०२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०,६११ जनामा गरिएको पीसीआर परीक्षणमा ९०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी

दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलाममा १,उदयपुरमा २,ओलखढुंगामा १३, झापामा १६, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, पर्सामा १४, बारमा १२, महोत्तरीमा ४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६, सिराहामा ४ जनामा थप कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौमा ३००, काभ्रेमा २, चितवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछापमा ८, ललितपुरमा ३८,सिन्धुपाल्चोकमा १ जना जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ३, नवलपरासी पूर्वमा ७, पर्वतमा १, लमजुङमा २, बागलुङमा १०, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा १, नवलपरासीमा १, बर्दियामा ७, बाँकेमा ५, रुपन्देहीमा २१, रोल्पामा १ जनामा संक्रमित भेटिएका छन् ।

त्यस्तै दैलेखमा १, सुर्खेतमा १८, कञ्चनपुरमा ९, कैलालीमा ७७ जनामा थप कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ४८,१३८ पुगेको छ । निको भएर अहिलेसम्म ३२,९६४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जसमा सुनसरीमा १, पर्सामा २, काठमाडौंमा १, कपिलवस्तुमा १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोरोना संक्रमित मृतकको संख्या ३०६ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !