७ बैशाख २०८१, शुक्रबार

रोल्पामा सुरक्षित आवासका लागि १० करोड २६ लाख रुपैयाँ,२,०२६ घरबाट खरको छानो हटाइने

प्रकाशित मिति :  8 September, 2020 5:26 pm


रोल्पा, २३ भदौ ।

रोल्पामा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत यस वर्ष २०२६ घरका खरको छानो फेरिने भएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि १० करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तर्गत १,८२६ घरधुरी र क्रमागत २०० घर गरि २,०२६ खरको छानो भएका घरहरु जस्तापाताको छानामा परिणत गर्न लागिएको हो ।

यसको कार्यान्वयनका लागि उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री तथा रोल्पाबाट प्रतिनिधि सभा सदस्य वर्षमान पुनको अध्यक्षतामा रोल्पाका १० वटै पालिका प्रमुखहरुबीच छलफल भएको छ ।

सदरमुकाम लिवाङमा आज भएको छलफलमा पूर्वसभामुख ओनसरी घर्ती प्रदेश ५ सभा सदस्य दिपेन्द्र पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाको पनि उपस्थिति रहेको थियो । मन्त्री पुनको पहलमा सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढेको पुनको सचिवालयले जनाएको छ ।

यो कार्यक्रम पुनको चुनावी प्रतिबद्धताको कार्यक्रम समेत रहेको थियो । बैठकले यस आर्थिक वर्षका लागि खरको छानो फेर्ने गरि प्रकृया अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ । यसअघि समृद्ध रोल्पा फाउण्डेसनमार्फत झण्डै ५ सय घरका खरको छानो फेरिएको  थियो ।

फाउण्डेसनको संरक्षक समेत रहेका पुन निर्वाचित भएपछि जिल्लामा यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । मन्त्री पुनका सचिवालय सदस्य जीवन रोकामगरले आजको बैठकले यो वर्षको कार्यक्रम सुरु गर्ने निर्णय गरेको जानकारी गराए ।

अब जिल्लाका सबै स्थानीय तहले सूचना निकालेर विपन्न वर्गको घरका खरको छानोलाई जस्तापाताले विस्थापित हुने गरि प्रकृया अगाडी बढाउने छन् । यस कार्यक्रमको प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने गरि समानुपाति सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति सदस्य रहने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !