४ जेष्ठ २०८१, शुक्रबार

देशभर १,०८१ जना कोरोना संक्रमित थपिए,६ जनाको मृत्यु

प्रकाशित मिति :  9 September, 2020 4:51 pm


काठमाडौं , २४ भदौ ।

देशभर १,०८१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ११,१६७ जनामा गरिएको परीक्षणमा १,०८१ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ९१८ जना निको भएर घर फर्किएसँगै कोरानो संक्रमण निको हुनेको संख्या ३३,८८२ पुगेको छ । यो कुल संक्रमितको ६८ दशमलव ८ प्रतिशत हो । देशभर सकृय संक्रमितको संख्या १५,०२५ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

कुन जिल्लामा कति संक्रमित

उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङ २ , झापमा ६, ताप्लेजुङमा १, धनकुटामा ९, भोजपुरमा ५,मोरङमा ७७, सुनसरीमा ५६ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै  धनुषामा ३, पर्सामा ६, बारामा १७, महोत्तरीमा  २, रौतहटमा  ७०, सप्तरीमा २६, सर्लाहीमा  ६, सिराहमा ८१ जना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ३९४,काभ्रेमा  ८,चितवनमा २१, दोलखामा ३, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ३६, मकवानपुरमा  ४२, रामेछापमा ३, ललितपुरमा  ३४, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा १ जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै  कास्कीमा १०, गोरखामा १, तनहुँमा  ४, नवलपरासी पूर्वमा १, पर्वतमा १, लमजुङमा ३, बाग्लुङमामा १ जना कारोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा १, नवलपरासीमा ८, पाल्पामा २, बर्दियामा १३, बाँकेमा २२,बर्दियामा १३ र रुपन्देहीमा  ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

जाजरकोटमा  १, दैलेखमा २, सुर्खेतमा २२, अछाममा १, दार्चुलामा  ३, बझाङमा २ जना थप संक्रमित भेटिएका छन् ।

६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार  पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा काठमाडौंमा २, कास्कीमा १, अर्घाखाँचीमा १, बाँकेमा १ र नवलपरासीमा १ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !