२३ बैशाख २०८१, आइतबार

काठमाडौंको निषेधाज्ञा खुकुलो, १६ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन समेत खुल्ला

प्रकाशित मिति :  9 September, 2020 7:13 pm


काठमाडौं , २४ भदौ ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ ।

भोलीदेखि १६ सिटभन्दा माथीका सार्वजनिक सवारी साधनसमेत खुल्ला गर्ने निर्णय भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौंमा जारी निषेधाज्ञा खुकुलो बनाउदै नीजि सवारी सधान र १६ सिटभन्दा माथीका सार्वजनिक यातायात समेत सञ्चालन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालयको आदेशमा भनिएको छ, १६ सिटट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी सधान सञ्चालन गर्न सकिने छ । साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्ष मुनीका बालबालिका २ जना सम्म राखि चलाउन सकिने छ । ”

निजी सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने तथा भौतिक दूरी कामय गर्ने गराउने गरि सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

काठमाडौंमा कोरोना संक्रमण बढेपछि भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । पहिलो २ हप्ता कडा गरिएको निषेधाज्ञा पछिल्लो हप्ता केही सहज बनाईएको थियो ।

कोरोना संक्रमित भेटिनेक्रम त रोकिएको छैन तर चौतर्फी दबाव पर्न थालेपछि उपत्यकाको निषेधाज्ञा खुकुलो बनाईएको हो ।    पसल सञ्चालनका लागि भने समय तोकिएको छ ।

अत्यावश्यक वस्तुका पसल विहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ समयसम्म खोल्नका लागि समय तोकिएको छ । त्यस्तै निर्माण सम्बन्धि पसल दिउँसो २ बजेखि ७ बजेसम्म खोल्न पाइने छ । विस्तृतका लागि यहाँ क्लिक गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !