१४ बैशाख २०८१, शुक्रबार

कोरोना प्रभाव : तानसेन नगरपालिका र मातहतका सबै वडा कार्यालय असोज ५ गतेसम्म बन्द

प्रकाशित मिति :  10 September, 2020 4:13 pm


पाल्पा, २५ भदौ ।

पाल्पाको तानसेन नगरपालिका र मातहतका सबै वडा कार्यालय असोज ५ गतेसम्मका लागि बन्द गरिएको छ ।

नगरपालिकाको आज बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै अतिआवश्यक बाहेक नगरपालिकाको कार्यालय तथा सो मातहतका कार्यालयहरु र वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख अशोक कुमार शाहीद्धारा जारी विज्ञप्तिमा नगरपालिकाका केही जनप्रतिनिधि र समुदाय स्तरमा समेत कोरोना देखिएकाले थप संक्रम हुन नदिन अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख छ । भोली विहान ७ बजेदेखि असोज ५ गते विहान ७ बजेसम्म नगरपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द हुने छन् ।



प्रतिक्रिया दिनुहोस !