१५ बैशाख २०८१, शनिबार

गाउँपालिका स्तरीय वास समिति गठन

प्रकाशित मिति :  19 November, 2019 1:36 pm


काठमाडौं, ३ मंसिर
रोल्पाको सुनछहरी गाउँपालिले पालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता (वास) समिति गठन गरेको छ।

सोमबार बसेको गाउँपालिकाको वैठकले पालिका भित्रका वडाहरु अन्तर्गतका घरधुरीमा खानेपानी सरसफाई तथा स्वच्छताको अबस्था बुझी तथ्याङ्क संकलन गरि कार्यक्रम कार्यान्वयन गर्न समिति गठन गरिएको प्रवक्ता अमरजित पुन मगरले जानकारी दिनुभयो।

वैठकले प्रत्यक वडामा खानेपानी सरसफाई तथा स्वच्छता तथ्याङ्क संकलक नियुक्त गर्ने तथा पाँच सय भन्दा माथि घरधुरी रहेका वडाहरुमा दुई जना संकलक नियुक्त गर्ने निर्णय गरेको छ।

मंसिर ६ र ७ गते सुलिचौरमा सम्पन्न हुने आँखा अप्रेसन सिविरका लागि छनोट भएका आँखाका बिरामीहरुलाई आउन जान गाडिको व्यवस्था गरिएको प्रवक्ता पुनले बताउनुभयो।

पंजिकरण व्यवस्थापनका लागि छनोट भएका अपरेटर र फिल्ड सहायकहरुलाई नियमित काममा परिचालन गर्ने निर्णय गरिएको गाउँ पालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !