१३ बैशाख २०८१, बिहिबार

नेकपाको स्थायी कमिटी बैठक जारी

प्रकाशित मिति :  11 September, 2020 1:29 pm


काठमाडौं,२६ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी छ ।  गत साउन १३ गते देखि स्थगित भएको नेकपाको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

गत सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीचको छलफल पश्चात बालुवाटारमा बैठक बोलाउने तय भएको थियो ।

गत साउन १३ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षले आफू पक्षका सदस्यहरुको बैठक गरेको थियो।
पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो।

गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !