२६ बैशाख २०८१, बुधबार

भारतमा एकैदिन अहिलेसम्मकै धेरै साढे ९६ हजार संक्रमित

प्रकाशित मिति :  11 September, 2020 2:33 pm


नयाँदिल्ली, २६ भदौ । भारतमा कोराना भाइरसबाट दैनिक संक्रमितरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५सय ५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाकै कारण १ हजार २ सय ९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४लाख भन्दा बढी संक्रमित भएको विवरण सार्वजनिक गरिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४ सय १५ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुल संक्रमित मध्ये नौ लाख ४३ हजार ४सय ८० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६सय ६४ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २सय ७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन् । भारतका प्रदेशहरु मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय मानिस कोरोनाभाइरसबाट प्रभावित भएका सक्रिय संक्रमित रहेका छन् ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल छ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७ सय ८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २सय७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६सय७ जना संक्रमित भएका छन् भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । (रासस/एएनआई)



प्रतिक्रिया दिनुहोस !