२३ बैशाख २०८१, आइतबार

विप्लव नेतृत्व नेकपाका नेता वीरजंग सर्वोच्चको आदेशमा रिहा लगत्तै संखुवासभाबाट फेरि पक्राउ

प्रकाशित मिति :  11 September, 2020 7:23 pm


संखुवासभा, २६ भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता चन्द्रबहादुर चन्द विरजंगलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको छ ।

संखुवासभा हिरासतमा रहेका वीरजंगलाई अदालतको आदेशमा रिहा गरेलगत्तै अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई सुनसरी लैजाने तयारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीस हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानकोको इजलासले उनलाई आज रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले वीरजंगलाई पवृत्त भावनाबाट प्रेरित भइ गैर कानुनी थुनामा राखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएपनि रिहा लगत्तै उनलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

सर्वोच्च अदालतकै आदेशमा भोजपुर भोजपुर कारागारबाट भदौ ९ गते रिहा भएका वीरजंगलाई पक्राउ गरेर संखुवासभा लगिएको थियो । संखुवासभाबाट पनि रिहा भएलगत्तै उनलाई पक्राउ गरेर फेरि सुनसरी लान थालिएको हो ।

नेता वीरजंगसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले गत असोज ३० गते दाङबाट पक्राउ गरेको थियो । अन्य २० जना भने यसअघि नै रिहा भैसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !