१९ मंसिर २०८२, शुक्रबार

कोरोना: देशभर १,२०१ जना संक्रमित, १४ जनाको मृत्यु

प्रकाशित मिति :  12 September, 2020 7:12 pm


काठमाडौं, २७ भदौ ।

देशभर थप १,२०१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०,१७६ जनामा परीक्षण गर्दा १,२०१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५३,१२० पुगेको छ । थप ८५२ जना संक्रमित निको भएर घर फर्किपछि कोरोना जित्नेको संख्या ३७,५२४ पुगेको छ । जुन कुल संक्रमितको संख्या ७०.६ प्रतिशत हो ।

कुन जिल्लामा कति संक्रमित ?

इलामामा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा १, मोरङमा ५८ र सुनसरीमा १४ जना संक्रमित भेटिएका छन् । त्यस्तै धनुषामा १,पर्सामा १०, बारामा १५, महोत्तरीमा ८,रौतहटमा ४, सप्तरीमा १०, सर्लाहीमा ८३, सिराहमा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौंमा ३७७, काभ्रेमा २,चितवनमा ९२, दोलखामा १, नुवाकोटमा १, भक्तपुरमा १७, मकवानपुरमा १०७, रामेछापमा ७, ललिपुरमा ३७, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १ जना थप संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङमा छ ।

कास्कीमा ३५, गोरखामा ६, तनहुँमा १, नवलपरासी पूर्वमा ५१, लमजुङमा १, बाग्लुङमा ३, स्याङ्जामा ७ जनामा पनि कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीमा ३, कपिलवस्तुमा २२, दाङमा २४, नवलपरासीमा ३, पाल्पामा ९, प्यूठानमा १, बर्दियामा १२, बाँकेमा ३२, रुकुमपूर्वमा २, रुपन्देहीमा ८१, रोल्पामा ८ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै दैलेखमा ४, सुर्खेतमा १८, कञ्चनपुरमा ८, कैलालीमा ४, डडेल्धुरामा २, डोटीमा १ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

१४  जनाको मृत्यु

प्छिल्लो २४ घण्टामा कोरोना संक्रमित १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीमा १, पर्सामा १, काठमाडौंमा ३, भक्तपुरमा २, चितवनमा १, तनहुँमा १, स्याङ्जामा १ जना, गोरखामा १, कास्कीमा १ र रुपन्देहीमा २ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !