१८ बैशाख २०८१, मंगलबार

श्वासप्रश्वासमा समस्या भएपछि भारतीय गृहमन्त्री शाह अस्पताल भर्ना

प्रकाशित मिति :  13 September, 2020 8:39 am


काठमाडौं, २८ भदौ । 

कोरोना संक्रमण निको भएर घर फर्किएका भारतका गृहमन्त्री अमित शाहलाई श्वासप्रश्वासको समस्या देखिएपछि फेरि अस्पताल भर्ना गरिएको छ । उनलाई गएराति ११ बजे दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ ।

गृहमन्त्री शाह कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना गरिएका थिए । उपचारपछि कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका थिए । तर, उनलाई फेरि सास पेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ ।

भारतीय टेलिभिजन आजतकको अनलाईन संस्करणका अनुसार कोरोना भाइरस संक्रमण निको भएपछि भने गृहमन्त्री शाहलाई सास फेर्न समस्या भइरहेको थियो ।

गृहमन्त्री शाह केही समयका लागि अस्पतालमै रहने छन् र डाक्टहरुको निगरानीमा उनको उपचार हुने छ । यसभन्दा पहिलो अगस्त महिना गृहमन्त्री शाहलाई कोरोना पोजेटिभ देखिएपछि मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।

दुई हप्ता उपचार गरेपछि गृहमन्त्री शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो र डिस्चार्ज भएका थिए ।



प्रतिक्रिया दिनुहोस !