६ जेष्ठ २०८१, आइतबार

बाँकेमा मालपोत कार्यालयका १४ जना कर्मचारीमा कोरोना संक्रमण, सेवा बन्द

प्रकाशित मिति :  13 September, 2020 3:28 pm


बाँके , २८ भदौ ।

बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयका १४ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

एकै पटक यति धेरै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयले आइतबारदेखि ३१ भदौसम्म कार्यालय बन्द गरेको छ ।

प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले आज सूचना जारी गर्दै कोरोनाको जोखिम नियन्त्रण गर्न कार्यालयको सेवा बन्द गरिएको बताएका छन् ।

शनिबार भूमिसुधार तथा मालपोत कार्यालयका १४ जना कर्मचारीमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !