४ जेष्ठ २०८१, शुक्रबार

कपिलवस्तुकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा रुपन्देहीमा मृत्यु

प्रकाशित मिति :  14 September, 2020 9:14 am


रुपन्देही, २९ भदौ ।

कपिलवस्तुका कोरोना संक्रमित एक जनाको उपचारका क्रममा निधन भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररहत शिवराज न.पा. वाड न ५ का ४७ वर्षीय महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको हो । उनी मिर्गौला तथा उच्च रक्तचापको बिरामी रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यससँगै कपिलवस्तुमा कोरोनादेखि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !