१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमण जितेर थप ४२ जना डिस्चार्ज, निको हुने दर ७३.३८ प्रतिशत

प्रकाशित मिति :  15 September, 2020 10:27 am


बाँके, ३० भदौ ।

बाँकेमा थप ४२ जनाले कोरोना संक्रमण जितेका छन् । डाक्टर, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत गरेर १८ महिला र २४ जना पुरुष कोरोना संक्रमण भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालका एक डाक्टर, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी लगायत ४२ जना कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको छ । यो जिल्लामा कुल संक्रमितको ७३ दशमलव ३८ प्रतिशत    हो । अब बाँकेमा ३८६ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।

३८६ मध्य अन्य जिल्लाका ३ जना रहेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । बाँकेमा अहिलेसम्म १,४६९ जना कोरोना संक्रमित बनेका छन् । संक्रमित मध्य १,०७८ घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !