४ जेष्ठ २०८१, शुक्रबार

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  15 September, 2020 1:39 pm


काठमाडौं,३० भदौ । वीरगञ्जमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय उनलाई उच्च ज्वरो र सास फेर्न गाह्रो भएपछि परिवारले भदौ २९ गते अस्पताल भर्ना गरेका थिए । भर्ना गरेकै दिन पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालका बरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !