६ जेष्ठ २०८१, आइतबार

बाँकेमा थप १० जना कोरोना संक्रमित निको

प्रकाशित मिति :  16 September, 2020 7:34 am


बाँके, ३१ भदौ ।

बाँकेमा थप १० जना कोरोना संक्रमित निको भएका छन् ।

बाँकेको विभिन्न आइसोलेसन केन्द्रमा रहेर उपचार गराइरहेका १० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरु आजै डिस्चार्ज हुँदैछन् ।

कोरोना संक्रमित निको हुनेमा एक जना जाजरकोट खलङ्गा र बसगढी बर्दियाका पनि रहेका छन् । यससँगै बाँकेमा संक्रमित बनेका १,४१२ जना मध्य १,०८८ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमित निको हुने दर ७१.९६ प्रतिशत रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

अब बाँकेमा ४१९ जना आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोना प्रकोप दर ०.२५ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !