६ जेष्ठ २०८१, आइतबार

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  17 September, 2020 6:06 pm


बाँके,१ असोज ।

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा नेपालगञ्ज उप-महानगरपालिका -१ का ४५ वर्षीय पुरुषको आज बेलुकी निधन भएको   हो । भदौ २९ गते स्वास्थ्य समस्या आएपछि उक्त पुरुष नेपालगञ्ज मेडिकल कलेजमा, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए ।

पीसीआर परीक्षका क्रममा पोजेटिभ रिपोर्ट आएपछि र स्वास्थ्य अवस्था विग्रदै आएपछि भेरी अस्पतालको अइसोलेसनमा उपचार भइरहेको थियो । मृतकक व्यक्तिमा निमोनियाको समस्या देखिएको थियो ।

उपचारकै क्रममा आज बेलुकी ५ : १५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कारोना संक्रमितको संखखया ९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !