२७ बैशाख २०८१, बिहिबार

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन पारेर युवाहरुले मनाए,’राष्ट्रिय बेरोजगार दिवस’

प्रकाशित मिति :  18 September, 2020 7:51 am


काठमाडौं,२ असोज ।

हिजो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन थियो ।

देशभर प्रधानमन्त्री मोदीको जन्मदिन मनाउनेक्रम थियो । तर, यसै क्रमममा देशका कतिपय ठाउँमा बेरोजगार युवाले राष्ट्रिय बेरोजगार दिवस मनाएका छन् । युवाहरुको यस दिवसलाई प्रमुख विपक्षी दलको समर्थन थियो । कतिपय क्षेत्रमा युवाहरुले गरेको प्रर्दशनमा विपक्षी दलका नेताका नेता कार्यकर्तासमेत सहभागि रहेका थिए ।

राजस्थानका पूर्व उप मुख्यमन्त्री तथा कांग्रेस नेता सचिन पायलटले पछिल्लो ६ वर्षदेखि युवा शक्तिलाई रोजगारका नाममा खाली झुठो आश्वासन मिलिरहेको बताएका छन् । उनले भनेका छन्, “बेरोजगारीले आकाश छुइरहेको छ । यदि केन्द्र सरकारले रोजगार दिन्थ्यो भने आज युवाहरुले राष्ट्रिय बेरोजगारी दिवसका रुपमा आफ्ना आवाज उठाउने थिएनन् ।”

यसभन्दा पहिले ९ सेप्टेम्बरको देशका विभिन्न भागमा युवाहरुले राती नौ बजेर नौ मिनेटमा टर्च,मोबाईल तथा प्लास जलाएर सांकेतिक विरोध जनाएका बीबीसी हिन्दीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !