४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं महानगरमा मात्रै ६०२ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  20 September, 2020 5:24 pm


काठमाडौ,२९ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौ महानगरमा ६सय २ जना कोरोना भाईरस कोभिड १९ संक्रमित फेला परेका छन् । उपत्यकामा भने पछिल्लो २४ घण्टामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै आइतबार काठमाडौंमा ६ सय २ ललितपुरमा १ सय १ र भक्तपुरमा ६४ जनालाई कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष, ललितपुरमा ३४ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !