२१ बैशाख २०८१, शुक्रबार

जानकारी नदिएर विद्युत सेवा अनियमित भए खबर गर्न उर्जा मन्त्रालयको आग्रह

प्रकाशित मिति :  21 September, 2020 10:06 am


काठमाडौं, ५ असोज ।

उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा अवरुद्ध भए खबर गर्न आग्रह गरेको छ।

पूर्व सूचना बिना विद्युत सेवा अनियमित हुन थालेको गुनासो बढेपछि मन्त्री पुनको सचिवालयले सचिवालय वा विद्युत प्राधिकरणमा खबर गर्न आग्रह गरेको हो ।

प्रेस संयोजक दयानिधि भट्टका अनुसार सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्व सूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको सन्दर्भमा भ्रम उत्पन्न हुन गएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,”यदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !