२२ बैशाख २०८१, शनिबार

साताको दोस्रो दिन नेप्से ६.१२ अंकले घट्यो

प्रकाशित मिति :  21 September, 2020 4:12 pm


काठमाडौं,५असोज । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से ६ दशमलब १२ अंकले घटेको छ । कारोबारको सुरुवाती देखिनै घट्न थालेको बजार १५६९.०६ अंकमा पुगेर रोकिएको हो ।

सोमबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ४३ कम्पनीका सेयरमूल्यमात्र बढ्यो भने ११४ कम्पनीका सेयरमूल्यम गिरावट आयो। यसैगरी १४ कम्पनीका सेयरमूल्य स्थिर रहेको थियो।

आज सबैभन्दा धेरै जीवन बीमा समूहमा ६७.८५ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूहमा ५४.९८ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ४.३२ अंक, व्यापार समूह १०.९९ अंक, होटेल्स् समूह ३२.६१ अंक, विकास बैंक समूह ११.५ अंक, जलविद्युत् समूह ५.८८ अंक, वित्त समूह ९.४३ अंक, अन्य समूह १.४३ अंक, लघुवित्त समूह ७.३८ अंक र म्युचुअल फन्ड समूह ०.११ अंकले घटेको छ।

आज उत्पादन तथा प्रशोधन समूहमा मात्र १२.२३ अंकको बढोत्तरी आएको छ । त्यस्तै नेप्सेमा कुल सूचीकृतमध्ये १९५ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय नेप्सेमा सूचीकृत विभिन्न सेक्टरहरुमा हराभरा आउँदा बजार वृद्धिको संकेत भएको दाबी गर्दै विश्लेषकहरुले अल्पकालीन लगानीकर्ता हावी भई नाफा सुरक्षित गर्दा बजारमा करेक्सन आएको तर्क राखेका छन्।



प्रतिक्रिया दिनुहोस !