८ जेष्ठ २०८१, मंगलबार

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

प्रकाशित मिति :  22 September, 2020 2:16 pm


सोलोखोम्बु ६ असोज ।

माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ । मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान साढे ८ बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते हुनुभएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत थिए । उनकी श्रीमती र तीन छोराछोरी रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !