२२ बैशाख २०८१, शनिबार

नेप्सेमा भारी गिरावट,साताको तेस्रो दिन २२ अंकले घट्यो बजार

प्रकाशित मिति :  22 September, 2020 4:17 pm


काठमाडौं,५असोज । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट आएको छ । मंगलबार कारोबारको सुरुवाती समयदेखि नै घट्न थालेको बजार २२ दशमलब ९१ अंकले घटेर १५४६.१५ अंकमा पुगेर रोकिएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.८४ अंकले घटेर ३०७.३९ बिन्दुमा रोकिएको छ । सोमबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ४३ कम्पनीका सेयरमूल्यमात्र बढ्यो भने ११४ कम्पनीका सेयरमूल्यम गिरावट आयो। यसैगरी १४ कम्पनीका सेयरमूल्य स्थिर रहेको थियो।

आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहमा ११२.६६ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा १०९.४७ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह २२.३६ अंक, व्यापार समूह २.१३ अंक, होटेल्स् समूह १५.०६ अंक, विकास बैंक समूह ४०.३ अंक, जलविद्युत् समूह २४.९१ अंक, वित्त समूह १२.४९ अंक, उत्पादन तथा प्रशोधन समूह ३५.०५ अंक, अन्य समूह ७.२२ अंक, लघुवित्त समूह २३.२४ अंक र म्युचुअल फन्ड समूह ०.०८ अंकले घटेको छ।

कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको ३१ करोड ९४ लाख १० हजार ६८३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र नेपाल रि(इन्स्योरेन्स रहेको छ ।

त्यस्तै नेप्सेमा कुल सूचीकृतमध्ये १९९ कम्पनीका ७८ लाख ३१ हजार ८ सय ३९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड ६९ लाख ७७ हजार ६६८ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय नेप्सेमा सूचीकृत विभिन्न सेक्टरहरुमा हराभरा आउँदा बजार वृद्धिको संकेत भएको दाबी गर्दै विश्लेषकहरुले अल्पकालीन लगानीकर्ता हावी भई नाफा सुरक्षित गर्दा बजारमा करेक्सन आएको तर्क राखेका छन्।



प्रतिक्रिया दिनुहोस !