८ जेष्ठ २०८१, मंगलबार

धादिङमा पहिरो खस्दा दुई कन्टेनर पुरिए

प्रकाशित मिति :  23 September, 2020 1:12 pm


सांकेतिक फाेटाे

काठमाडौं,७ असोज । धादिङमा दुईओटा कन्टेनर पुरिएका छन् । बुधबार पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरो खस्दा दुई वटा कण्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कण्टेनर र मुग्लिनबाट काठमाण्डौका लागि छुटेको एचआर ३३–९९०१ नम्बरको भारतीय कण्टेनर सडकमाथिबाट खसेको पहिरोमा परेर पुरिएको प्रहरीले जनाएको छ ।

रातभरको वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले गुडिरहेको कण्टेनर प’रिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सयौं गाडीहरु जममा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !