४ जेष्ठ २०८१, शुक्रबार

कोरोना संक्रमित बाँकेका वडाध्यक्षको मृत्यु

प्रकाशित मिति :  23 September, 2020 1:53 pm


काठमाडौं,७ असोज । बर्दिया बारबर्दिया नगरपालिका ३ का वडाअध्यक्ष सुर्यबहादुर थारुको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

३९ वर्षीय थारुको उपचारका क्रममा बुधबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको भेरी अञ्चल अस्पताल नेपालगञ्जले जनाएको छ ।

भदौ २९ गते दिउँसो भेरी अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा पीसीआर परीक्षण गर्दा ३० गते उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । –रासस



प्रतिक्रिया दिनुहोस !