४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं महानगरमा ४९२ सहित उपत्यकामा थपिए ६३७ जना संक्रमित

प्रकाशित मिति :  23 September, 2020 4:55 pm


काठमाडौ,७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ४ सय ९२ जना सहित उपत्यकामा थप ६ सय ३७ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६७४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !