७ बैशाख २०८१, शुक्रबार

बुधबार नेप्सेमा ९ अंकले बढ्यो

प्रकाशित मिति :  23 September, 2020 5:27 pm


काठमाडौं,७ असोज । काठमाडौं,५असोज । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य सुधार आएको छ । मंगलबार दोहोरो अंकले झरेको बजार बुधबार कारोबारको सुरुवाती समयदेखि नै घट्न थालेको थियो ।

कारोबारको अन्तिम समयमा सकरात्मक देखिएको बजार ९ दशमलब ३७ अंकले बढेर १५४६.१५ अंकमा पुगेर रोकिएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेको छ।

बुधबार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ११९ कम्पनीका सेयरमूल्यमात्र बढ्यो भने ३१ कम्पनीका सेयरमूल्यम गिरावट आयो। यसैगरी २० कम्पनीका सेयरमूल्य स्थिर रह्यो ।

आज सबै भन्दा धेरै होटल्स समूहमा २३.६४ अंकको गिरावट आयो भने बाँकी सबै समूहको उपसूचकमा हरियाली छायो । बैंकिङ समूह १.८७ अंकले बढेको यो दिन व्यापार समूह ५.७२ अंक, विकास बैंक समूहमा २२.८ अंक, जलविद्युत समूहमा ३३.७९ अंक, बित्त समूहमा १२.०२ अंक, निर्जीवन बिमा समूह ७४.७७ अंक, उत्पादन तथा प्रशोधन समूह २३.२ अंक, अन्य समूहमा ७.३६ अंक, माइक्रोफाइनान्स १०.२२ अंक, जीवन बिमा समूहमा ९४.६८ अंक र म्युचुअल फण्ड समूह ०.०३ अंकले बढेका छन् ।

इन्स्योरेन्सको १० करोड ८५ लाख ९८ हजार ४५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा नेपाल बैंक र पुनर्बीमा कम्पनी रहेका छन् ।

त्यस्तै नेप्सेमा कुल सूचीकृतमध्ये ११४ कम्पनीका ५८ लाख ६२ हजार ६ सय १७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६९ लाख २१ हजार ७०७ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !