१३ बैशाख २०८१, बिहिबार

१६९ जना जेष्ठ नागरिक र १९ जना अपांगले परिचय पत्र लिए

प्रकाशित मिति :  24 September, 2020 8:21 am


रोल्पा, ८ असोज ।

रोल्पाको सुनछहरी गाउँपालिकामा १६९ जना जेष्ठ नागरिक र १९ जना अपांगहरुले परिचय पत्र लिएका छन् ।

दुई दिने जेष्ठ नागरिक परिचय पत्र तथा अपांग परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत पहिलो दिन ९६ जना जेष्ठ नागरिक र १० जना अपांग तथा दोस्रो दिन ७३ जना जेष्ठ नागरिक र ९ जना अपाङ्ग व्यक्तिहरुले परिचयपत्र लिएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिए ।

सुनछहरी गाउँपालिका वडा नम्बर ५ पोवाङमा भएको कार्यक्रममा वडा नम्बर १ अन्तर्गत फुलिवन र वडा नम्बर ५ अन्तर्गत थनवाङ तथा दोस्रो दिन वडा नम्बर ५ अन्तर्गत पोवाङ र मावाङका ६० वर्ष देखी माथिका जेष्ठ नागरिक तथा अपांग भएका व्यक्तिहरुले परिचय पत्र पाएका प्रमुख प्रशासकीय अधिकृत पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !