१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा बाढीले नेपाल विद्युत प्राधिकरणको गाडी बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

प्रकाशित मिति :  23 September, 2020 8:22 pm


कपिलवस्तु ,७ असोज ।

कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ ।

वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो ।

वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए ।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !