२४ बैशाख २०८१, सोमबार

पाल्पामा पहिरोमा परेर ६ जना बेपत्ता, २ घर पुरियो

प्रकाशित मिति :  24 September, 2020 8:46 am


फाइल फोटो

पाल्पा, ८ असोज ।

पाल्पामा लगातारको वर्षाका कारण आएको पहिरोमा परेर ६ जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा ५ जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे छ ।

हुमबहादुर गाहाको परिवारमा सुतिरहेका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा हुम बहादुर गाहा, उनी श्रीमती, छोरी, छोरीको छोरी (नातिनी) र छोराको छोरी (नातिनी) रहेका छन् । ।

मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाएका छन् । सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएका प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !