२ जेष्ठ २०८१, बुधबार

स्याङ्जामा पहिरोमा परेर २ जनाको मृत्यु, ८ जना बेपत्ता

प्रकाशित मिति :  24 September, 2020 9:06 am


स्याङ्जा, ८ असोज ।

स्याङ्जाका विभिन्न ठाँउमा गएको पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ तमादिमा माया नेपालीको घर र गोड पुर्दा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पहिरोमा १ जनाको उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

घरमा १० जनाको परिवार भएको जानकारी आएको प्रहरीको भनाई छ । ८ जना पुरिएको आशंकामा सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको छ ।

स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नं ४ गौतम डाँडामा बाबुराम दमाईको छोरा १६ वर्षीय बिष्णु दमाईको पहिरोमा पुरिएर मृत्यु भएको छ । पहिरोले घर पुर्दा विष्णुको मृत्यु भएको हो । गएराति पहिरो झर्दा बाबुराम दमाई र जगत बहादुर दमाईको घर पूर्णरुपमा क्षति भएको छ ।

घर भित्र रहेका बाबुराम दमाईको छोरा १६ वर्षीय बिष्णु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !