२ जेष्ठ २०८१, बुधबार

स्याङ्जामा पहिरोले पुरिएर बेपत्ता एकै परिवारका ९ जनाको शव भेटियो

प्रकाशित मिति :  24 September, 2020 1:38 pm


काठमाडौं,८ असोज । स्याङ्जाको पहिरोमा परेर बेपत्ता भएका एकै परिवारका ९ जनाको शव भेटिएको छ । बिहीबार बिहान ६बजे वालिङ नगरपालिका १४ तमादीमा गएको पहिरा मााया नेपालीको घर पुरिएको थियो ।

पहिरोमा परी हराइरहेकामध्ये २७ वर्षे उमाकला नेपाली, ४८ वर्षे माया नेपाली, ३० वर्षे दीपक नेपाली, ६० वर्षे सानी नेपाली र ९ वर्षे विवश नेपाली, १४ वर्षे विक्रम नेपाली, १९ वर्षे बिनीता नेपाली, २१ वर्षे कुलदीप नेपाली र ६र७ महिनाका काखे बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

घाइते अवस्थामा भेटिएकी १६ वर्षकी मनिषा नेपालीको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा ल्याइएको छ । उक्त घरमा १० जना सुतेका थिए ।

स्थानिय वासीका अनुसार वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमाण्ड साथै सशस्त्र प्रहरी बल समेतको टोली खटिएर तत्काल खोजतलास थालेको थियो । अहिले सबैको शव संकलन गरी पोस्टमार्टमका लागि वालिङ लगिएको छ ।

यसैगरी जिल्लाकै कालीगण्डकीमा पहिरोले घर पुरिँदा १६ वषे विष्णुबहादुर दमैको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !