देशभर थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं,८ असोज ।
पछिल्लो २४ घण्टामा देशभर थप १४ सय ९७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा ११ हजार ४ सय ४९नमुना परीक्षण गर्दा १४ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट ४सय ५७ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।
देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ अन्तर्गत उदयपुरमा २, ओखलढुंगामा १२, झापमा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश २ मा धनुषामा १०, पर्सामा २३,बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिराहमा २३ जनामा थप कोराना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।
बागमती प्रदेशमा काठमाडौंमा ६०९, काभ्रेमा १२, चितवनमा १३७, दोलखामा ३, धादिङमा ४,नुवाकोटमा ८, भक्तपुरमा ५१, मकवानपुरमा २१, रामेछापमा १, ललितपुरमा ९५ र सिन्धुलीमा ५ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा कास्कीमा ८, गोरखामा ९, तनहुँमा १७, नवलपरासी पूर्वमा १४,पर्वतमा ६, लमजुङमा २, बागलुङमा १२ र स्याङ्जामा ८ जना संक्रमित थपिएका छन् ।
प्रदेश ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा ४, नवलवरासीमा १४, पाल्पामा ४, प्यूठानमा ६,दाङमा ९ ,बर्दियामा २४, बाँकेमा ५३, रुपन्देहीमा ८६ जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा ४, सुर्खेतमा ३ जना संक्रमित थिएका मन्त्रालयको तथ्याङ्कमा छ ।
सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरा ४, कैलालीमा ४५, डडेल्धुरामा १, डोटीमा ४,दार्चुलामा १, बैतडीमा १० जना संक्रमित थपिएका छन् ।
१७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतकमध्य मोरङमा १,झापामा १, सुनसरीमा १, धनुषामा २, रौतहटमा १, भक्तपुरमा १, काठमाडौंमा ४, धादिङमा १, तनहुँमा १, दाङमा १,कपिलवस्तुमा १ र नवलपरासीमा १ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म ४५३ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








