२२ बैशाख २०८१, शनिबार

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त, श्रेष्ठको राजिनामा

प्रकाशित मिति :  25 September, 2020 2:33 pm


काठमाडौँ, ९ असोज । 

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन् ।

आज बसेको बोर्ड बैठकले जेष्ठ सदस्य बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा नियुक्त गरेको हो । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले केही समय कार्यकाल बाँकी छँदै र्कावाहक अध्यक्ष पदबाट राजिनामा दिएपछि बुढाथोकी चयन भएका हुन् ।

बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन् ।

श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका थिए ।
३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

केही समय अघि दुर्गा भण्डारीलाई मन्त्रिपरिषद् बैठकले कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर विवाद अदालतमा पुगेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई नै निरन्तरता दिने गरि अन्तरिम आदेश जारी भएको थियो ।

अदालतको आदेश अनुसार कामलाई निरन्तरता दिएका श्रेष्ठले एक महिनामै राजिनामा दिएका हुन् । उनको कार्यकाल सकिन अब २ महिना मात्रै बाँकी थियो ।



प्रतिक्रिया दिनुहोस !