४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं महानगरमा ५०३ सहित उपत्यकामा थपिए ६४५ जना संक्रमित

प्रकाशित मिति :  25 September, 2020 5:06 pm


काठमाडौ,९ असोज ।

पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ५ सय ३ जना सहित उपत्यकामा थप ६ सय ४५जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६४९ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !