१४ बैशाख २०८१, शुक्रबार

भारतमा नयाँ कृषि कानुनका कारण मोदी सरकार अफ्ठेरोमा, अकाली दलले गठवन्धन तोड्यो

प्रकाशित मिति :  27 September, 2020 7:01 am


काठमाडौँ, ११ असोज ।

भारतमा मोदी सरकारले ल्याएको कृषि सम्बन्धी नयाँ कानुनका आफ्ठेरोमा पर्दै गइरहेको छ ।

देशभर किसानहरु विरोधमा उत्रिएका बेला कृषकलाई साथ दिन भन्दै भारतीय जनता पार्टी (बीजेपी) को २२ सालदेखि सहकार्य गर्दै आएको शिरोमणी अकाली दलले गठवन्धन तोड्ने घोषणा गरेको छ । शिरोमणि अकाली दलले राष्ट्रीय जनतान्त्रिक गठबन्धन (एनडीए) तोड्ने घोषणा गरेको हो ।

शिरोमणि अकाली दलले पहिलेदेखि नै मोदी सरकारले लिएको कृषि कानुनको विरोध गरेको थियो । विरोधकैबीच अकाली दलका नेता नेता हरसिमरत कौर बादलले ९ दिन पहिले केन्द्रीय पदबाट राजिनामा दिएका थिए ।

बादलले भने,”जब यो अध्यादेश क्याबिनेटमा ल्याईएको थियो तब मैलै केन्द्रीय मन्त्रीको रुपमा कैयौ पटक किसानको भावनाका अनुसार अध्यादेश बदल्नका लागि आग्रह गरेको थिएँ । तर मेरो कुरा  सुनिएन ।”

यद्यपी बादलको राजिनामा आएपनि अकाली दलले एनडीए सरकारलाई समर्थन जारी राख्नेको घोषणा गरेको थियो । तर कृषि कानुनको विरोध बढ्दै गएपछि अकाली दलले एडीएबाट अलग हुने निर्णय लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अकाली दलले पञ्जाबी तथा सिख समुदायसँग जोडिएको मुद्धालाई लिएर केन्द्र सरकारले असंवेदनशीलता देखिएको आरोप लगाएको छ ।
शिरोमणि अकाली दलका नेता सुखबीर बादलले एक ट्वीटमा बनेका छन् की एक अक्टुबरको पञ्जाबमा ठूलो किसान मार्च गरिने छ र राष्ट्रपतिलाई राज्यपालको तर्फबाट ज्ञापनपत्र बुझाउने छ ।



प्रतिक्रिया दिनुहोस !