१६ बैशाख २०८१, आइतबार

झापामा कोरोना संक्रमित एक जनाको मृत्यु

प्रकाशित मिति :  27 September, 2020 10:26 am


झापा, ११ असोज ।

झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार गएराति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । मृतक व्यक्ति उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए ।

मृतकको कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने छ । हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ । कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उनले बताए । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस !