२० बैशाख २०८१, बिहिबार

साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार

प्रकाशित मिति :  27 September, 2020 5:19 pm


काठमाडौं,५असोज । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य सुधार आएको छ । आइतबार नेप्से परिसुचक ४.२९ अंकले बढेर १५६५.५६ अंकमा पुगेर रोकिएको हो । साथै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले बढेर ३१०.४८ अंकमा पुगेको छ ।

 नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ८० कम्पनीका सेयरमूल्यमात्र बढ्यो भने ८१ कम्पनीका सेयरमूल्यम गिरावट आयो। यसैगरी ९ कम्पनीका सेयरमूल्य स्थिर रहेको थियो।

आज सबैभन्दा धेरै जीवन बीमा समूहमा ८३.५९ अंकको गिरावट आएको छ । निर्जीवन बीमा समूहमा ७२.५३ अंकको गिरावट आएको छ । त्यस्तै आजको कारोबारमा बैंकिङ समूह १३.७४ अंक, व्यापार समूह १.९४ अंक, होटेल्स् समूह ५१.७१ अंक, विकास बैंक समूह १३ अंक, जलविद्युत् समूह १३.१अंक, वित्त समूह ११.६३ अंक, उत्पादन तथा प्रशोधन समूह ४४.८१अंक, अन्य समूह १.१४ अंक, लघुवित्त समूह ६.६२ अंक र म्युचुअल फन्ड समूह ०.०३ अंकले घटेको छ।

कारोबार रकमको आधारमा सोल्टि होटल अग्रस्थानमा रहेको छ । होटलको ४८ करोड ५६ लाख ५१ हजार ८७९ रुपैयाँको सेयर करोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमाल दोलखा हाईड्रोपावर र कुमारी बैंक रहेका छन् ।

त्यस्तै नेप्सेमा कुल सूचीकृतमध्ये १९१ कम्पनीका १ करोड ९९ लाख ७२ हजार १ सय ११ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३७१ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !