६ जेष्ठ २०८१, आइतबार

प्रदेश- २ मा  स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

प्रकाशित मिति :  28 September, 2020 11:50 am


धनुषा, १२ असोज ।

प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ ।

आज बसेको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तहसम्मको भर्ना लिन स्वीकृति दिएको छ । प्रदेश निजामित सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिएको छ ।

त्यसै गरि बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काजगर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !