१३ बैशाख २०८१, बिहिबार

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

प्रकाशित मिति :  28 September, 2020 12:28 pm


एजेन्सी, १२ असाेज ।

भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाख जना निको भएको बताएको हो ।

त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी काेराेना सङ्क्रमितहरु निको भएका बताएकाे छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले त्यसको संख्या ५० लाख पुगेको जनाएकाे छ ।

मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको हाे । उक्त विज्ञप्तिका अनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् । स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !