२२ बैशाख २०८१, शनिबार

सोमबार नेप्सेमा सामान्य गिरावट

प्रकाशित मिति :  28 September, 2020 4:31 pm


कठमाडौं, १२ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ४.७३ अंकले झरेर १५६०.८३ अंकमा रोकिएको छ ।
आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ अंकको गिरावटका साथ ३०९.६० को विन्दुमा झरेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूहमा ५२.९१ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूहमा ४९.८३ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ४.०३ अंक, व्यापार समूह १४.६९ अंक, होटेल्स् समूह १९.९३ अंक, जलविद्युत् समूह २.९१ अंक, उत्पादन तथा प्रशोधन समूह १९.६४ अंक, अन्य समूह ०.१ अंक, लघुवित्त समूह ७.६१ अंक र म्युचुअल फन्ड ०.०५ अंकले घटेको छ।

नेप्सेमा आज सबैभन्दा धेरै हिमालको ९ करोड ३२ लाख ६३ हजार ४५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी, अरुण भ्याली हाईड्रोपावर रहेको छ ।

त्यस्तै नेप्सेमा कुल सूचीकृत कम्पनीमध्ये ११४ कम्पनीका ५८ लाख ६२ हजार ६ सय १७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६९ लाख २१ हजार ७०७ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !