१३ बैशाख २०८१, बिहिबार

विश्वभर कोरोना संक्रमित मृतकको संख्या १० लाख नाघ्यो

प्रकाशित मिति :  29 September, 2020 7:51 am


काठमाडौँ, १३ असोज ।

विश्वभर कोरोना संक्रमित मृतकको संख्या १० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ३ करोड ३२ लाख ७३ हजार ७ सय २० जना संक्रमित मध्यका मध्य १० लाख ५ सय ५५ जनाको मृत्यु भएको छ । मृतक र संक्रमितमध्य सबैभन्दा धेरै अमेरिका छन् जहाँ ७१ लख ४७ हजार २ सय ४१ ज्ना संक्रमित र २ लाख ५ हजार ३१ ज्ना संक्रमित बनेका छन् ।

भारत दोस्रो स्थानमा छ र हालसम्म ६० लाख ७४ हजार ७ सय २ जना संक्रमित र ९५ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ४७ लाख ४५ हजार ५ सय ६४ जना संक्रमित हुँदा १ लाख ४२ हजार ५८ जनाले ज्यान गुमाएका छन् ।

रसियामा ११ लाख ५४ हजार २ सय ९९ जना संक्रमित बन्दा २० हजार २ सय ९९ जना संक्रमित बनेका छन् । कोलम्बिया,पेरु,स्पेन,मेक्सिकोपनि अति प्रभावित देश परेका छन् ।



प्रतिक्रिया दिनुहोस !