४ जेष्ठ २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमित २ पुरुषको मृत्यु

प्रकाशित मिति :  29 September, 2020 1:43 pm


काठमाडौं, १३ असोज ।  बाँकेमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा दाङ घर भएका नेपालगन्ज मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी ४१ वर्षीय पुरुष रहेका छन् भने अर्का कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष रहेका छन् । ।

अस्पतालको भेन्टिलेटरमा उपचाररत उनिहरुको एकजनाको गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।



प्रतिक्रिया दिनुहोस !