६ जेष्ठ २०८१, आइतबार

देशभर थप १,५१३ जनामा काेराेना संक्रमण पुष्टि

प्रकाशित मिति :  29 September, 2020 4:29 pm


काठमाडाैं, १३ असाेज । 

पछिल्लाे २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

देशभर १० हजार ८ सय ९१  जनामा गरीएकाे  परीक्षणमा थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मत्त्रालयले जानकारी दिएकाे छ ।याे सँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या २० हजार ३ सय ९६ पुगेकाे छ ।

त्यस्तै २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भ्एका छन् ।  देशभरमा काेराेना भाइरसबाट थप १० जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ३ जना महिला र ७ जना पुरूष रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९, तेह्रथुममा २, भोजपुरमा १, मोरङमा १०१, सुनसरीमा ३२ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६, सिराहमा ८ जनामा थप कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बागमती प्रदेश अन्तर्गत काठमाडौंमा ७४७, काभ्रेमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १ र ललितपुरमा ११४,सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ३ जना संक्रमित भेटिएका छन् ।

गण्डकी प्रदेश अन्तर्गत कास्कीमा १६, गोरखामा २, नवलपरासी पूर्वमा १५, स्याङ्जामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्मा उल्लेख छ ।

प्रदेश ५ मा कपिलवस्तुमा १८,गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ र रोल्पामा १ जनामा कोरोना भेटिएकोछ ।

कर्णालीमा रुकुम पश्चिममा १ जना नयाँ संक्रमित भेटिएका छन् । सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ र बैतडीमा १ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !