६ जेष्ठ २०८१, आइतबार

२४ घण्टामा थप १,५५९ जना कोरोना संक्रमित

प्रकाशित मिति :  30 September, 2020 4:21 pm


काठमाडाैं, १४ असाेज । 

पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५ सय ५९  जनामा काेराना संक्रमण पृष्टि भएकाे छ । देशभरमा १२ हजार २ सय ५ जना परिक्षण गर्दा थप १ हजार ५ सय ५९ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ७७ हजार ८ सय १७ पुगेकाे   छ ।

त्यस्तै २४ घण्टामा ७ जना व्यक्तिकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४ सय ९८ पुगेकाे छ ।

त्यस्तै संक्रिय संक्रमितकाे संख्या २० हजार ८ सय ९१ रहेकाे छ । २४ घण्टामा १ हजार ५७ जना डिस्चार्जभएका छन् । त्यस्तै आइसीयूमा २ सय १ जना र  भेन्टिलेटरमा ३० जना उपचारत छन् ।

५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला माेरङ, सिराह, सुनसरी, काठमाडाैं, चितवन, ललितपुर, भक्तपुर र रूपन्देही रहेका छन् । संक्रमित शुन्य भएका जिल्ला मनाङ, मुस्ताङ, मुगु र डाेल्पा रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९०२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९७ जना, ललितपुरका ११२ र भक्तपुरका ९३ जना छन् ।

कहाँ कति थपिए ?

मोरङमा ९८ जना, रुपन्देहीमा ७०, चितवनमा ६२, नवलपरासी पूर्वमा ४५, सुर्खेतमा ४१, सुनसरी र मकवानपुरमा ३८/३८ जना, बाँकेमा २७, कैलालीमा २३, झापामा १९, पर्सामा १७, कास्कीमा १६, गोरखामा १५, महोत्तरीमा ११, बारा र बर्दियामा १०/१० जना र काभ्रेमा ९ जनामा संक्रमणको पुष्टि भएको छ ।

धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६र६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा थप संक्रमण देखिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !